पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु
मोरङ | पुस १२, २०८०
घरमा प्रयोग गर्न भरेर राखेको पानीमा डुबेर मोरङको जहदामा आज एक जना बालिकाको ज्यान गएको छ।
जहदा गाउँपालिका ३ भातीगन्जका फुदन हस्दाकी एक वर्षकी छोरी कृतिको मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार सिल्भरको भाँडामा पानी भरेर उनका अभिभावकले राखेका थिए। बिहान ९स्१५ बजेतिर छोरी त्यही पानीमा डुबेको देखेपछि उनका अभिभावकले निकाले।
‘बालिका खेल्ने क्रममा घरमा सिल्भरको भाडामा भरेर राखेको पानी रहेछ। भरेको त्यही पानीमा बालिका डुबेकी रहेछिन्। बच्चाकी आमा अजिताले देखेपछि विराटनगरको कोशी हस्पिटल लिएर गएका थिए। हस्पिटल ल्याउँदा चिकित्सकले मृत घोषणा गरे,’ मोरङ दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

